यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ५९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ११ बजे

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह