दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – दाउन्ने सडक दुई तर्फी संचालन भएको छ ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको हो ।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस अघि शुक्रबार साँझ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ४१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार