बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री « Khabarhub

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति अवलोकन गर्न गृहमन्त्री रमेश लेखक सिंहदरबारबाट निस्किएका छन् ।

उनी बाढीले विपत्ति निम्त्याएको १० दिनपछि ललितपुरस्थित प्रभावित क्षेत्रको अनुगमनमा आइतबार निस्किएका हुन् ।

बाढीले विपद् निम्त्याएको दिन असोज १२ गते बिहान ललितपुरको नख्खु खोलाले बगाएका तीनैजनाको मृत्यु भएको विवादित अभिव्यक्ति उनले दिएका थिए ।

त्यस बिहान भिजिबिलिटी कम भएकाले हेलिकप्टपर पठाएर उद्धार गर्न नसकिएको पनि उनैले बताएका छन् । त्यसदिन बाढी आए पनि काठमाडौंमा ५ हजार मिटरसम्म भिजिबिलिटी थियो ।

विवाद र आलोचनाबीच गृहमन्त्री लेखक बल्ल बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका हुन् । उनले आइतबार नेपाली कांग्रेसका सांसद उदयशमशेर जबरासहित ललितपुरको टीकाभैरव र लुलुसहितमा पुगेर अनुगमन गरेका हुन् ।

। गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।

उनले सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको बताउँदै सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने र खोजी तथा उद्धारको काम भइरहेको बताए ।

गृहमन्त्री लेखकले क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्न आवश्यक रहेको बताए ।

उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत दिए  ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११