प्रचण्डको दाबी- मैले रविलाई क्लीन चिट दिएको छैन « Khabarhub

प्रचण्डको दाबी- मैले रविलाई क्लीन चिट दिएको छैन


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका हुन्  ।

लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकिर गरे। लामिछानेलाई क्लीन चिट दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले सहकारी छानबिनको समिति गठनको विपक्षमा रहेका केपी ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे ।

आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए । त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अव एक्लै चुनाव लडेर जित्ने दाबी गरे ।

उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढीपहिरोपीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : २९ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’

कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ?

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परराष्ट्रमन्त्री शिशिर