विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने « Khabarhub

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।

यही असोज २३ गते सङ्घका देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिए ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने बताए ।

उनले भने, ‘पछिल्लो समय विश्वभरि नै बालबालिकामा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यस पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि दिवस मनाउन गइरहेका छौँ ।’

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिका अझै पनि दृष्टिदोषको उपचारबाट वञ्चित रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा सङ्लग्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको छाता सङ्गठन इन्टरनेसनल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)ले संयुक्त रूपमा यो दिवस मनाउन  सुरु गरेका हुन् ।

यस वर्ष ‘बालबालिका आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० तारिख (असोज २४ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत