प्रदेश नम्बर ३–प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित | Khabarhub Khabarhub

प्रदेश नम्बर ३–प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ ।

पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षणसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव राखेका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले बैठकमा सूचनाको हकसम्बन्धी दफावार छलफलमा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रदेशमा सूचनाको हकसम्बन्धी ऐनलाई तत्काल व्यावहारिक र दलगत स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकलाई सुरक्षाको अतिसंवेदनशील विषयबाहेक सबै प्रकारका सूचना प्रवाह गरिने बताए ।

उक्त विधेयकमाथि छलफलमा प्रदेशसभाका सदस्यले सरकारले सूचनाको हकलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शीका साथ व्यावहारिक रुपमा लागू गर्न सुझाव प्रस्तुत गरेका थिए ।

प्रदेशसभाका सदस्य रमेश पौडेल, सीता लामा, रिना गुरुङ, नरोत्तम वैद्य, बलराम पौडेल, कृष्णप्रसाद भुर्तेल, विजया केसी श्रेष्ठ, रीता माझी र रामेश्वर फुयाँलले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पुर्‍याउन र आदिवासी जनजातिको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने सुझाव दिएका थिए ।

आजै बसेको बैठकमा शून्य समयमा बोल्ने सदस्यले राष्ट्रिय महत्वको साथै जनतासँग सम्बन्धित सरोकारको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

उनीहरुले शून्य समयमा भक्तपुर क्यान्सर अस्पतालको दैनिक प्रशासन कार्यमा भक्तपुर नगरपालिकाले बिना कारण हस्तक्षेप गरेको र त्यसका कारण बिरामीका उपचारको लागि चिकित्सक सेवामा अवरोध पुग्न गएकोप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नुपर्ने तथा भक्तपुर नगरपालिकाले सो अस्पतालको विषयमा यथार्थ सूचना सार्वजनिक गर्न माग गरे ।

उनीहरुले तत्कालीन नेकपा माओवादीबाट सञ्चालित जनमुक्ति सेनालाई हाल अवकास प्राप्त गरेका व्यक्तिलाई परिचयपत्र दिई स्वरोजगारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए । प्रदेश ३ अन्तर्गत सिमानामा पर्ने जिल्ला र प्रदेश २ को सीमा जोडिएको जिल्लाको सिमानामा दुवै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई आ–आफ्नो सुविधा अनुसारको उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरे ।

प्रदेश नम्बर ३ को सरकारले स्थायी राजधानीको टुङ्गो लागि सकेपछि एकीकृत कार्यालयको स्थापना र सो कार्यालयले प्रदेशको जिल्लामा विकासको पूर्वाधार निर्माण गर्ने वातावरणको सिर्जना गर्न प्रदेशसभा सदस्यले सरकारसँग छिट्टै कार्यदल बनाउन आग्रह गरे ।

शून्य समयमा बोल्ने सदस्य ओमबहादुर घलान, नरेशराज श्रेष्ठ, चेतनाथ सञ्जेल, छिरिङदोर्जे लामा, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ, गीता वाग्ले, प्रेमबहादुर पुलामी र दीपक निरौला थिए। अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : ०८ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ