भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति « Khabarhub

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा कतारको प्रशंसा गरेका छन् ।

भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख साहले यसो भनेका हुन् ।

‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याति रहेको छ’, उनले भने ।

खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख मेयर साहले बताए ।

त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख साहको कार्यशैलीको प्रशंसा गरे । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गरे ।

‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरूले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ’, उनले भने ।

भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४८ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती