खुर्कोटमा बेलिबृज जडान सुरु « Khabarhub

खुर्कोटमा बेलिबृज जडान सुरु


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ ।

पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ९ : २५ बजे

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय