इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती « Khabarhub

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङ्की सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन् । सञ्चरीमायामात्र होइन इच्छाकामना–३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिइन् ।

कुरिनटारमै रहेको अर्को प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो ।  वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेकी थिइन् । बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना–फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएनन्। बैंकमा  सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो । 

माछापुच्छ्रे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना–हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उनको माग छ ।

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । उनले भने, ‘मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।’

अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उनको भनाइ छ । उनले आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप  सहज बनाउन बैंकसँग छलफल बताए ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक  प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । उनले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताए ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ ।

इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती बेहोर्दै आइरहेका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको माग छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : ३४ बजे

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा