हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद | Khabarhub Khabarhub

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिन बाँकी रहेको बताएका छन् ।

हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन् ।

इजरायलमाथि हमासले गरेको आक्रमणमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको उल्लेख गरेका हुन् । 

२०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरे पनि अझैसम्म फर्काउन सकिएको छैन ।

आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । थुप्रै घाइते र अपाङ्ग भएका थिए । आक्रमणको समयमा इजरायलमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युको थियो । 

नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यसबेला साउद नै परराष्ट्रमन्त्री थिए । उनी आफैं इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए ।

‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ साउदले भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ५० बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र