दशैँका लागि १३ अर्बको नयाँ नोट, २० दिन अगाडि सवर्साधारणले साट्न पाउने « Khabarhub

दशैँका लागि १३ अर्बको नयाँ नोट, २० दिन अगाडि सवर्साधारणले साट्न पाउने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट बजारमा ल्याउने तयारी शुरु गरेको छ । विगतमा जस्तै यो वर्ष पनि बैंकले आमजनताका लागि नयाँ नोट सटहीका लागि छिटै तयारी गरेको जानकारी दिएको छ ।

यो वर्ष बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि बजारमा ल्याउने भएको छ । बैंकले १८ हजार ५ सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने तयारी गरेको बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । कुन–कुन स्थानबाट नयाँ नोट सटही हुने भन्ने विषयमा बैंकले छलफल गरिरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको थियो । नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फाल्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसअघि दशैँ र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ४२ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ