विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई « Khabarhub

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित  उहाँको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । 

अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उहाँको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो ।

असोज–१२ गतेको पहिरोले उहाँको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन् । बाढीपहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन । 

बाढीपहिरो पीडित परिवारका लागि यसवर्षको चाडपर्व खल्लो भएको छ । उनीहरूका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाने, के लाउने भन्ने टुङ्गो छैन । 

बाढीपहिरोले जिल्लामा ठूलो क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

 उनले भने, “चाडपर्व लक्षित गरी अवरुद्ध सडकहरु पुनःसञ्चालनमा ल्याउन पहल गरिरहेका छौँ । तर, दसैँअघि सञ्चालनमा आउने सम्भवना कम देखिन्छ । यद्यपि, सम्बन्धित निकायलाई खबरदरी गरिरहेका छौँ ।” 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन् । जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन् । साहिला वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये कान्छोले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने भएका छन् । कान्छो छोरो प्रदीप असोज–१२ गते अघिनै घर आएका थिए।  

सडक तथा पुल बगाएपछि छोराछोरीहरु यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताए। बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र रु एक करोडभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

चाडको समयमा आएको यो वर्षको बाढीपहिरोले जिल्लामा व्यापाररव्यवसायमा असर परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए।

‘चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो । धेरै मानिस बाटोको कारण आउनै सकेनन् । अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन् । घरमा बुढापाकामात्र छन्’, उनले भने, ‘सहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन । छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस् ।’

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । 

वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ४२ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको