तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने « Khabarhub

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा आयोजित एक मञ्चमा इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग वार्ताका लागि भेट गर्ने एक वरिष्ठ सहयोगीले सोमबार बताएका छन् ।

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले दुई नेताबीच आश्गाबातमा तुर्कमेन कविको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुँदा भेट्ने कार्यक्रम रहेको पत्रकारहरूलाई बताए ।

“यो बैठकले द्विपक्षीय मुद्दाको छलफलका साथै अवश्य नै मध्यपूर्वमा तीव्र रूपमा बढेको तनावपूर्ण स्थितिको छलफलका लागि पनि महत्त्व राख्दछ”, उनले भने । मध्य एसियाली मुलुकहरूका नेताहरू १८औँ शताब्दीका कवि मग्तिमगुली पिरागीको ३००औँ जन्मजयन्ती मनाउन भेला भइरहेका छन् ।

रुसी राष्ट्रपति पुटिनको उपस्थिति पहिले घोषणा गरिएको थिएन । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले गत साता पेजेश्कियन र प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफसँग वार्ताका लागि इरानको भ्रमण गरेका थिए ।

पुटिन र पेजेश्कियानबीचको वार्ता इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित गरी व्यापक बमबारी गरिरहेको र रुसले केही नागरिकलाई निकालिरहेको बेला हुन लागेको हो । रुसको इरानसँग घनिष्ठ सम्बन्ध छ र पश्चिमी सरकारहरूले तेहरानमाथि मस्कोलाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाएका छन् । इरानले आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

पेजेश्कियानले उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन यसै महिना रुसको भ्रमणका क्रममा पुटिनसँग वार्ता गर्दै छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ०६ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका