अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने « Khabarhub

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको  कन्सर्ट १४ डिसेम्बर २०२४ मा हयात होटलको आँगनमा हुनेछ ।

सन् २०२२ मा नौटियालले उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड पाईसकेकाछन् । फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।

 ‘हाम्रो मिशन भनेको अटिजम भएका व्यक्तिहरू सहित समावेशी समाज सिर्जना गर्नु हो । अटिजम भएका व्यक्तिले अटिजम सहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भनिन् ।

श्रेष्ठ पनि अटिजम ग्रस्त बालककी आमा हुन् । उनको चार वर्षको छोरालाई अटिजम छ । उनको छोरालाई १८ महिनाको उमेरमा अटिजम देखा परेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी