इँट्टा उद्योगी आन्दोलित « Khabarhub

इँट्टा उद्योगी आन्दोलित


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय सरकारले इँट्टा उद्योगमा कडाई गरेसँगै इँट्टा व्यवसायी आन्दोलित भएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इँट्टा उद्योग महासंघले स्थानीय सरकारले इँट्टा उद्योगको दर्ता तथा नवीकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इँट्टा भट्टाको उद्योग नै भत्काएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

केही दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले ईटा भट्टामा डोजर लगाएर भत्काए पछि व्यबसाय धरापमा परेको भन्दै व्यवसायी आन्दोलित भएका छन् । पत्रकार सम्मेलनमा इँट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारल गर्दै इँट्टा उद्योग महासंघले बिद्यमान एन नियमको अधिनमा रहेर कर तिर्ने सामाजिक उत्तर दायित्व बहन गर्ने व्यवसायीको ब्यबसाय गर्ने हकको हनन हुने गरी अबरोध सृजना गरिएको बताए ।

स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको विकस प्रवद्र्धन र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै महासंघले छानविन गर्न माग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ । स्थानीय तहले इँट्टा उद्योग लगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : २२ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक