नेप्से २७ अंकले घट्यो, कारोबार साढे ४ अर्बमा खुम्चियो  « Khabarhub

नेप्से २७ अंकले घट्यो, कारोबार साढे ४ अर्बमा खुम्चियो 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.३९ अंकले घटेको छ । नेप्से १.०१ प्रतिशतले घटेर २६६२.३२ विन्दुमा पुगेको हो।

आज नेप्से घटेसँगै कारोबार पनि खुम्चिएको छ ।  आज ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ । 

३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०० वटा कम्पनी कारोबारमा आएको छ । आज ४५ हजार ८७० पटक शेयर किनबेच भएको छ । 

आज सबै समूह राताम्य भएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह २.७६ प्रतिशतले घटेर ३ हजार २३९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले घटेर १ हजार ५४५ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह स्थिर रहेर २०.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक समूह १.१७ प्रतिशतले, होटल एण्ड टुरिजम १.९३ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी १.४५ प्रतिशतले, जीवन बीमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७५ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, निर्जीवन बीमा १.४५ प्रतिशतले, अन्य समूह १.०९ प्रतिशतले र ट्रेडिङ समूह १.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ३ : १२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर