काठमाडौँ महानगर र पशुपति विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर  « Khabarhub

काठमाडौँ महानगर र पशुपति विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। 

असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गरेका हुन् । 

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले भने, ‘यस्ता सार्वजनिक महत्वका स्थानको संरक्षण, प्रबर्द्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो ।’ 

‘धर्मशाला मन्दिर हो । सम्पत्ति कोषको हो ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं। ८ का अध्यक्ष आशामान संगतले भने, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो ।’

‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रुपमा लिएका छौँ ।’ कोषका कार्यकारी निर्देशक जोशीले भने, ‘महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौँ ।’   

पशुपति गौशाला महानगरपालिकाको वडा नं.८ क्षेत्रमा पर्छ । कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ । 

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन् । 

यसका लागि वडा नं. ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहनेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ४१ बजे

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा