बाढीले ५० लाख बराबरको केरा नोक्सान | Khabarhub Khabarhub

बाढीले ५० लाख बराबरको केरा नोक्सान


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी सदरमुकाम इनरुवा-४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन्।

उनले भने ‘आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।’

 उनले भारतको मदरासबाट मदरासी९चिनिचम्पा० जातका केराको बीउ ल्याएर लगाएका थिए ।  

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए। बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट  भएको तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् ।

  यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : १७ बजे

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ ।

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क