न्यूयोर्कमा द्वन्द्व पत्रकारिताको एक दशकमाथि विमर्श « Khabarhub

न्यूयोर्कमा द्वन्द्व पत्रकारिताको एक दशकमाथि विमर्श


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा बुधबार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आयोजना गरियो ।

रिजउड नेपाली समाज र काठमाडौं फ्युजनको सहयोगमा सुदूरपश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक विमर्श कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरू साटासाट गरे । 

आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे । कार्यक्रममा विशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए ।

१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरू पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो ।

उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पुर्यायको योगदानको प्रशंसा गरे । 

उनले भने, सुदूर पश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएको उपाध्यायको पत्रकारितासँगै साहित्य र समाजसेवामा विशिष्ट योगदान कसैले बिर्सिन सक्दैन । 

उपाध्याय सुदूर पश्चिमका सवाललाई काठमाण्डौसँग मात्र नभएर संसारसँग जोड्ने सशक्त पत्रकार हुन्, बिष्टले भने, जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रकृयापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे ।

कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसँगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे ।

उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ३ : १९ बजे

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक

विराटनगर– विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी

माथिल्लो त्रिशूली-१ को सुरुङमा भेटियो ६ जनाको शव

रसुवा- माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव शुक्रबार

भटमासखेतीबाट भोजपुरका किसानको आम्दानी बढ्दै

भोजपुर– भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् ।

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा