नेपाल डेरीको बदमासी – न सरसफाइ, न लेबल ! « Khabarhub

नेपाल डेरीको बदमासी – न सरसफाइ, न लेबल !


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । सरसफाइमा ध्यान दिइ लेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको पनि प्रवक्ता महर्जनले बताए । प्रयोग गर्ने गरेका जुसका दुई वटा नमुना चेकजाँच गर्दा कैफियत नपाइएको उनले सुनाए ।

निरीक्षणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न विभागले सो स्टोरलाई निर्देशन दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएको थियो ।

उपभोग्य मिति समाप्त भएको खाद्य पदार्थ पनि सो प्रालिमा देखिएको विभागले जनाएको छ । पेस्ट कन्ट्रोल प्रभावकारी नरहेको र सरसफाइ पनि सन्तोषजनक थिएन । सो प्रालिमा उपभोग्य मिति समाप्त भएका तोफु एक प्याकेट, अपर क्रस्त ब्रान्डको वन दुई प्याकेट, टेस्टी पिक्सेल ब्रान्डको स्ट्रबेरी सिरप १ दशमलव ३ केजीको चार डब्बा नष्ट गरिएको थियो ।

भान्सामा खाना तयारी तत्काल बन्द गरी निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरेर सोको प्रमाण विभागमा जानकारी गराउन पनि सो प्रालिलाई निर्देशन दिइएको छ । यो प्रक्रिया पूरा गरेर पुनःनिरीक्षणपश्चात् मात्र सेवा प्रदान गर्नेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो पसललाई कारबाही अघि बढाइएको छ ।

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित दाउरा थकाली प्रालि र सोही महानगरपालिकाको वडा नं ३५ स्थित रामेश्वर स्वीटस् एण्ड स्न्याक्समा अनुगमनका क्रममा भने कुनै कैफियत नपाइएको विभागले जनाइएको छ । चाडपर्वका अवसरमा विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : २७ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा