पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो « Khabarhub

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सीखराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका कारण पाकिस्तान डेङ्गु, मलेरिया र चिकनगुन्या जस्ता भाइरसजन्य रोगका केसहरुमा निरन्तर वृद्धि भइरहेको छ भने  कराँचीका बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ ।

सिन्ध स्वास्थ्य विभागले सेप्टेम्बरमा मात्रै उक्त प्रान्तका एक हजार ५०० भन्दा बढी मानिस डेङ्गु भाइरसबाट प्रभावित भएको तथ्यांक सार्वजनिक गरेको डन पत्रिकाले जनाएको छ ।

पाकिस्तान मेडिकल एसोसिएसनका पूर्व महासचिव डा. कैसर सज्जादले विगत १०–१५  वर्षमा भाइरसजन्य रोगको सङ्ख्या बढेको बताएका छन् ।

समाधानका लागि कराँचीमा सरसफाइ र स्वच्छताको सन्दर्भमा गरिब सहर बनेको डर व्यक्त गर्दै उनले फोहोर व्यवस्थापन गर्न प्रभावकारी प्रणाली नभएसम्म अवस्था बिग्रने उल्लेख गरेका छन् ।  

उनले डेङ्गु, मलेरिया र चिकनगुन्याका सन्दर्भमा सहरको स्वच्छताको अभावले पनि राइनोभाइरस, राइनोफ्यारिन्जाइटिस र टाइफाइडको वृद्धि भएको बताएका छन् । 

स्थानीय प्रशासनले रोग नियन्त्रणको ‘व्यापक’ प्रयासको दाबी गरेपनि, नगरपालिका र स्वास्थ्य अधिकारीहरूले लिएको दृष्टिकोण यसको प्रभावकारिताको कमीका कारण प्रश्न उठेको  डनले जनाएको छ ।

सन् २०१६ मा सहरमा प्रारम्भिक चिकनगुन्याको प्रकोप हुँदा सङ्क्रामक रोगहरूबारे स्वास्थ्य मन्त्रालयका सल्लाहकार महामारी विज्ञान र निगरानी विशेषज्ञ डा राणा जावेद असगरले धूम्रपान रणनीतिको आलोचना गर्दै यसले न्यूनतम प्रभाव पारेको उल्लेख गरेका थिए।

एउटै प्रकारको लामखुट्टेले डेङ्गु, जिका भाइरस र चिकनगुन्या फैलाउने बताउँदै एक पटक यस्तो प्रकोप सुरु भएपछि सहजै  नियन्त्रण गर्न नसकिने भएकाले प्रकोप सुरु हुनुभन्दा केही  समयअघि नै सुरु गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ३० बजे

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा