आफ्नै मतदातालाई धोका दिने नेताले 'भोट' फिर्ता गर्नुपर्छ : प्रभु साह | Khabarhub Khabarhub

आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरू ‘बेइमान’ भएको टिप्पणी गरेका छन् ।

राजनीतिक दलहरु मुलुक र जनतासँग गद्दारी गरेको आरोप उनले लगाए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको इनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले मुलुक र जनताको आवश्यकता एवं चाहना अनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको जनाएका हुन् ।

जनता र आफ्नो मतदातालाई धोका दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनले बताए । आफ्नै मतदातासँग गरेको प्रतिबद्धता पुरा नगर्ने राजनीतिक दल र नेताहरुले भोट फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

‘एमाले र कांग्रेसले निर्वाचनमा छुट्टाछुट्टै गठबन्धन गरेर निर्वाचनमा सहभागि भए । जनतासँग मत मागे, उनीहरूलाई जनताले मत पनि दिए । तर उनीहरूले आफ्नै मतदातालाई धोखा दिए । निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धता उनीहरूले कार्यान्वयन गरेनन्, यस्तो अवस्थामा उनीहरु भोट फिर्ता गर्नुपर्छ की पर्दैन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘के कांग्रेसले एमालेसँग वा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुट्टाछुट्टै गठबन्धनबाट निर्वाचनमा सहभागि हुने, जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने ?’ 

जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखि नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनले बताए । जनतालाई धोखा दिने नेताहरूले भोट फिर्ता गरेर आफ्ना मतदातासँग माफी माग्नुपर्ने उनले बताए ।  जनतासँग जे प्रतिबद्धता गरिएको थियो सोही अनुसार राजनीतिक दल, नेताहरूले काम गर्नुपर्ने उनले बताए । 

विभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरूलाई गाउँ पस्न नदिन उनले आह्वान गरे । जनतालाई भ्रममा राखेर लुट मच्चाएका त्यस्ता नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसाधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ३ : २० बजे

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान