अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल | Khabarhub Khabarhub

अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युर्योक अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।

मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तुफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजुद यो धेरै खतरनाक छ।

आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरिडाका करिब १० लाख मानिसका घर बिजुलीविहीन भएको छ।

२० लाख मानिस बाढीको जोखिममा छन् । अवस्था यति बिग्रिएको छ कि कतिपय क्षेत्रमा जनताको सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको छ ।

फ्लोरिडाका धेरै सहरमा आपतकाल लगाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार आँधीसँगै दर्जनौं टोर्नेडो र त्यसबाट भएको क्षतिको जानकारी पनि बाहिर आउन सुरु भएको छ । 

यसै क्रममा न्युर्योक टाइम्सका अनुसार एट्लान्टिक महासागरमा अर्को आँधी ‘लेस्ली’ बनिरहेको छ । तर, अमेरिका पुग्ने सम्भावना भने निकै कम छ । रोयटर्सको रिपोर्ट अनुसार मिल्टन आँधीका कारण अमेरिकालाई ८ लाख करोड डलरको नोक्सानी हुन सक्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ३ : ४१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार