मन्त्रीकै गाडी ट्राफिकको फन्दामा, नो पार्किङमा रोकेपछि ‘ह्वील लक’ « Khabarhub

मन्त्रीकै गाडी ट्राफिकको फन्दामा, नो पार्किङमा रोकेपछि ‘ह्वील लक’


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पार्किङ निषेधित क्षेत्रमा राखिएका सवारीसाधनमाथि कडाईका साथ कारवाही गर्दै आएको ट्राफिक प्रहरीले बहालवाला मन्त्रीको गाडीलाई पनि छाडेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ । बुधबार नयाँ बानेश्वरको सडक छेऊमा अनधिकृत रुपमा पार्किङ गरिएको मन्त्री महासेठको झण्डावाल गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक क्लाम्प’ लगाएको हो ।

ट्राफिक प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा राखिएको गाडीलाई कारवाही स्वरुप ह्वील लक लगाएको स्रोतले बतायो । उक्त गाडीका चालकले एक हजार रुपैयाँ जरिवाना तिरेपछि छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गाडीमा मन्त्री महासेठ भने सवार नरहेको बताइएको छ । यद्यपि, मन्त्रीकै गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेपछि भने सामाजिक सञ्जालमा व्यापक चर्चा चुलिएको छ ।

ट्राफिक प्रहरीले मन्त्रीको गाडीमा ह्वील लक लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्रीको आलोचना गर्नेहरुको भीड लागेको छ ।

अधिकांश फेसबुक प्रयोगकर्ताले मन्त्रीको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरीको प्रसंशा गरेका छन् । मदन मोहन श्रेष्ठ लेख्छन्, ‘सबै प्रहरी डरछेरुवा र घुस्याहा हुँदैनन् ।’

लक्ष्मण पाण्डे, अशिम के उपाध्याय, लक्ष्मण घिमिरे, सुवास अर्याललगायतले मन्त्रीको गाडीमा ह्वील लक लगाउने प्रहरीको जागिरको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । केहीले ति ट्राफिकलाई वफादार, बहादुर र कामप्रति कर्तव्य निष्ठ प्रहरीको संज्ञा दिएका छन् ।

यसअघि गत असार ११ गते अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा पनि ट्राफिक प्रहरीले ह्विल लक लगाएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ४५ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र