प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा  मौलो पूजा गरेका छन् । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । 

त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारूलाई नगद पुरस्कार प्रदान गरे।  

पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । पूजापछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । 

नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त  गरेपश्चात् हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।     

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : ०३ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ