सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द | Khabarhub Khabarhub

सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । 

उनले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले वर्षेनी आयोजना गर्दै आएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेका थिए । 

सचिवालयका अनुसार सभामुख घिमिरेले पारिवारिक शोकका कारण दशैंको टीका त्रयोदशीका दिनमात्रै लगाउने कार्यक्रम छ । उनले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउने बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : १७ बजे

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर

टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला

टीकापुर– स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला

सत्तामा ‘टपरीवाद’ र ‘डोरीवाद’को प्रभुत्व

वास्तवमा अहिलेको यो राजनीतिक प्रणाली नै होइन । त्यसैले हामीले

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी – चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र

गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा

इजरायल – अमेरिकी मध्यस्थताका कारण हिजबुल्लाह र इजरायलबीच युद्धविराम भए