राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित यस वर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादशैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप  राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । 

 दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : ३७ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं– तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र

काठमाडौँका व्यस्त सडक दशैँमा सुनसान

काठमाडौं– नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण