जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ  | Khabarhub Khabarhub

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको मूल्य घटेर करिब एक सय रुपैयाँ प्रति किलो हाराहारीमा पुगेको छ । 

४ वर्षअघि इतिहासमै सबैभन्दा बढी १२७ रुपैयाँ प्रति किलो पुगेको कच्चा जुटको मूल्य गत वर्ष घटेर ६० रुपैयाँ सम्म पुगेको थियो । तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मूल्य घटेकाले कच्चा जुटको मूल्य घटेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । 

जुटको मूल्य घटेका कारण कृषकहरूले यसपटक जुट खेती पनि घटाएको उनले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योगहरू सञ्चालनमा रहेका छन् । 

जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरूले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ । 

भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैयाँ बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैयाँ बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ३ : २८ बजे

पश्चिमी वायुको सामान्य प्रभाव, थोरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

यु-१९ एसिया कप : आज पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा

नेपाल प्रहरी स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा

काठमाडौं – नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र 

दमौली– तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको

डलर र युरो बढ्यो : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १४ गते शुक्रबार सन्