राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे । 

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

विजया दशमीका उपलक्ष्यमा आजै (शनिबार) दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ । 

शीतलनिवासका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिहरूलाई राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछ । 

सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १२ : ३२ बजे

सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका र जमरा (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका

मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

बागमती– करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको

टीका लगाउन सर्वसाधारणको चहलपहल

काठमाडौं–  बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट

नेपालबाट बाहिरियो मनसुन

काठमाडौ‌ं – यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

काठमाडौं– विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई