भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या « Khabarhub

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।

मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर निर्मल नगरको कोलगेट मैदान नजिकै उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए।

करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए।

गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पताल लगिएको थियो तर चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ५२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण