पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन « Khabarhub

पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको जानकारी दिए ।

सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकोमा स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए ।

शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : ४३ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र