थारू बस्तीमा ‘सखिया नाच’को रौनक « Khabarhub

थारू बस्तीमा ‘सखिया नाच’को रौनक


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो ।

दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलाद्‌मी यसका संरक्षक हुन्छन् । 

थारू गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने टिटिहिरीयाका थारू अगुवा केवलसिंह थारूले बताए। दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरि नाचिने उनले सुनाए। 

उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । 

सखिया नाचमा विशेषतः थारू समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए । 

उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन्

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ३ : ५५ बजे

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत

चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगुको संक्रमण देखिएको

थाइल्यान्ड–क्याम्बोडियाबीच तिव्र सीमा विवाद : थाइल्यान्डद्वारा हवाई आक्रमण

एजेन्सी– थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर