जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार « Khabarhub

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।

चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् ।

यस्तै १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए ।

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : ५८ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको