भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते « Khabarhub

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् ।

दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । 

यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र  ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बताएको छ ।

यसअघि भारतीय वन रक्षकले असार १ गते एक जनालाई नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा भेटिएका थिए । 

 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : २१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै