भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते « Khabarhub

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् ।

दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । 

यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र  ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बताएको छ ।

यसअघि भारतीय वन रक्षकले असार १ गते एक जनालाई नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा भेटिएका थिए । 

 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : २१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।