प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने « Khabarhub

प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रगतिशील युवा नेपालले बिहीबार पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले पाँच लाख पाउनेछ । यस्तै द्वितीय पुरस्कार तीन लाख, तृतीय पुरस्कार एक लाख, चौथो पुरस्कार ५० हजार छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ३६ बजे

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी

बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक