सुपा देउराली पुग्ने सडकको विस्तार « Khabarhub

सुपा देउराली पुग्ने सडकको विस्तार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ ।

 सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन् । 

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताए।

‘लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडकको चौडाइ मुस्किलले साढे चार मिटर हुँदा यातायात आवगमनमा निकै कठिनाइ रहेको थियो’, इन्जिनियर पाण्डेले भने, ‘हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई करिब नौ मिटर चौडाइ बनाइएको छ ।’

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङ्ङे–सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म करिब तीन सय मिटर खण्ड कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा निकै कठिनाइ ब्यहोर्नु परेको अवस्था थियो । सडक डिभिजन कार्यालयबाट रक एन्चोर्जसहित पर्खाल निर्माणको काम सम्पन्न भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ ।

सडक विस्तारसँगै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सिमानामा रहेको सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । सुपा देउराली नजिकै रहेको नरपानीको डाँडाबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रूपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् भने भारतको उत्तर प्रदेश, विहारबाट समेत आउने धार्मिक पर्यटकहरूको सङ्ख्या ठूलो रहेको सचिव खनालको भनाइ छ । यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्ययोजना नगरपालिकाले बनाएर काम अगाडि बढाएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने जनविश्वास रहेको पाइन्छ । यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ५ : १९ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत