विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान « Khabarhub

विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सीआईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने चेतावनी दिँदै मंगलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ ।  

वित्तीय नीति सम्बन्धी  पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३०  सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्यांक कोभिड–१९ महामारी आउनुभन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो  ।  

विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको फिस्कल अफेयर्स डिपार्टमेन्टका उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएका हुन्।

ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेका छन् ।

त्यसैले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मझभुत गराउनु पर्ने समय आएको उनले बताएका छन् ।

आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्यांकन गर्न नयाँ ऋण–मा–जोखिम दृष्टिकोण प्रस्तुत गरेको छ । प्रतिवेदनमा  खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्यांक कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत  बढी हो ।

प्रतिवेदनले “विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतार चढाव निम्त्याउँने जनाउदै ऋणको उच्च स्तरले अरूका लागि “सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ ।

अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने उपयुक्त समय भएको आईएमएफले जनाएको छ ।  

विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन  आवश्यक रहेको आईएमएफले जनाएको छ  जुन विगतका समायोजनहरूको आकार भन्दा लगभग दोब्बर हो । 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : ५४ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल