जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट « Khabarhub

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ । 

उनीहरू बीच मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर विप्लवको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ । 

सीपीएन अफिसियल (विप्लव सी सचिवालय) नामक फेसबुक अकाउन्टबाट प्रभाकर र विप्लवको तस्बिर सार्वजनिक गरिएको हो । 

तस्बिरसँगै लेखिएको छ, ‘नेकपाको जनकम्युनमा प्रभाकर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच शिवगढीस्थित महासचिवको निवास भोकरमा भेटघाट भएको छ ।’

भेटका क्रममा दुई नेताहरूका बीचमा भएको छलफलका बारेमा भने विप्लवको सचिवालयले केही खुलाएको छैन ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ४९ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री