एम्बाप्पेमाथि बलात्कारको आरोप  « Khabarhub

एम्बाप्पेमाथि बलात्कारको आरोप 


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।

रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको स्विडिस मिडियाले उल्लेख गरेका छन् ।

स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको रिपोर्टमा उल्लेख छ ।

फ्रान्सको राष्ट्रिय टिममा नपरेका एम्बाप्पे अन्तर्राष्ट्रिय ब्रेकमा निजी भ्रमणका क्रममा हालै स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले प्रमाणको रुपमा प्रहरीले कपडा बरामद गरेको र अहिलेसम्म औपचारिक रुपमा आरोप दर्ता भने नगरिएको उल्लेख छ ।

अर्कोतर्फ एम्बाप्पेले भने यस रिपोर्टलाई ‘फेकन्यूज’ भन्दै पिएसजीसँग आफ्नो विवाद बारे अदालतमा सुनुवाइको दिननै यस्तो समाचार आउनु अपेक्षा अनुसार नै भएको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीले एम्बाप्पेविरुद्ध स्वीडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र स्विडिस मिडियामा चलाइएको यो खबरविरुद्ध कानुनी उपचारमा जाने एम्बाप्पेले बताएको उल्लेख छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : ५१ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार