फोटोशूट गराउने भन्दै १७ वर्षीय युवतीमाथि हिंसा, मराठी कलाकार पक्राउ « Khabarhub

फोटोशूट गराउने भन्दै १७ वर्षीय युवतीमाथि हिंसा, मराठी कलाकार पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मराठी टिभी कलाकार मन्दार कुलकर्मीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीमाथि १७ वर्षीय युवतीमाथि हिंसा गरेको आरोप लगाइएको छ ।

३५ वर्षीय यी कलाकारविरुद्ध पुणेको एक प्रहरी स्टेशनमा उजुरी परेको थियो । उनले कैयन् मराठी टिभी सिरियलमा काम गरिसकेका छन् ।

मन्दारले फोटोशूट गर्ने भन्दै घरमा बोलाएर आगामी टिभी शोका लागि फोटोशूट गराउने आग्रह गरेको र मराठी फिल्ममा पनि ब्रेक दिने भनेको युवतीले बताएकी छिन् । उनका अनुसार यी दुई एक वर्कशपका क्रममा भेट भएका थिए ।

कलाकारितामा सिनियर भएका कारण उनले मन्दारसँग गाइडलाइन र टिप्स पनि मागेकी थिइन् । उनले सबैलाई सम्मान गर्न थालिन् । एक हप्तापछि मन्दारले ती युवतीलाई टिभीको अडिसन टेस्टका लागि भन्दै एप्रोच गरे ।

उनले फोटोशूटका लागि आग्रह गरे । मन्दारले आफूलाई फोटोग्राफी खुबी देखाएर घरमा बोलाएको ती युवतीले आरोप लगाएकी छिन् ।

घरमा पुगेर ती युवतीले अलग–अलग पोशाकमा तस्वीर पनि खिचाइन् । त्यो बेलामा मन्दारले आफूलाई जबरजस्ती गर्न खोजेको बताइन् । घर फर्किएपछि उनले यो घटनाक्रम आफन्तलाई बताइन् । लगत्तै उनीहरु प्रहरीकहाँ पुगे ।

प्रहरीले मन्दारलाई पक्राउ गरेर न्यायिक हिरासतमा पठाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते