फोटोशूट गराउने भन्दै १७ वर्षीय युवतीमाथि हिंसा, मराठी कलाकार पक्राउ « Khabarhub

फोटोशूट गराउने भन्दै १७ वर्षीय युवतीमाथि हिंसा, मराठी कलाकार पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मराठी टिभी कलाकार मन्दार कुलकर्मीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीमाथि १७ वर्षीय युवतीमाथि हिंसा गरेको आरोप लगाइएको छ ।

३५ वर्षीय यी कलाकारविरुद्ध पुणेको एक प्रहरी स्टेशनमा उजुरी परेको थियो । उनले कैयन् मराठी टिभी सिरियलमा काम गरिसकेका छन् ।

मन्दारले फोटोशूट गर्ने भन्दै घरमा बोलाएर आगामी टिभी शोका लागि फोटोशूट गराउने आग्रह गरेको र मराठी फिल्ममा पनि ब्रेक दिने भनेको युवतीले बताएकी छिन् । उनका अनुसार यी दुई एक वर्कशपका क्रममा भेट भएका थिए ।

कलाकारितामा सिनियर भएका कारण उनले मन्दारसँग गाइडलाइन र टिप्स पनि मागेकी थिइन् । उनले सबैलाई सम्मान गर्न थालिन् । एक हप्तापछि मन्दारले ती युवतीलाई टिभीको अडिसन टेस्टका लागि भन्दै एप्रोच गरे ।

उनले फोटोशूटका लागि आग्रह गरे । मन्दारले आफूलाई फोटोग्राफी खुबी देखाएर घरमा बोलाएको ती युवतीले आरोप लगाएकी छिन् ।

घरमा पुगेर ती युवतीले अलग–अलग पोशाकमा तस्वीर पनि खिचाइन् । त्यो बेलामा मन्दारले आफूलाई जबरजस्ती गर्न खोजेको बताइन् । घर फर्किएपछि उनले यो घटनाक्रम आफन्तलाई बताइन् । लगत्तै उनीहरु प्रहरीकहाँ पुगे ।

प्रहरीले मन्दारलाई पक्राउ गरेर न्यायिक हिरासतमा पठाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४५ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल