प्रकाश सपुत अनुपस्थित, उनकै चर्चा « Khabarhub

प्रकाश सपुत अनुपस्थित, उनकै चर्चा


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश सपुतको केन्द्रीयमध्ये एक भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ । कलमपोखरीस्थित एक हलमा बिहीबार यसको ट्रेलर सार्वजनिक भयो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका केन्द्रीय पात्र नायकद्वय विजय बराल, मुकुन भुसाल र नायिका अञ्जना बराइलीसहित अन्य कलाकार उपस्थित थिए । प्रकाश सुपत आएनन् ।

किन प्रकाश अनुपस्थित ? भन्ने प्रश्नमा निर्देशक सरोज पौडेलको जवाफ थियो, ‘खोइ उहाँ वसन्तको सुटिङमा व्यस्त हुनुहुन्छ होला !’

प्रकाशले फिल्मका प्रचार समाग्री र गीतहरु फेसबुकमा पनि सेयर गरेका छैनन् । सोहीकारण पनि उनको खोजी भएको हो ।

निर्माण पक्ष र प्रकाशबीच खटपटको विषयले पनि कार्यक्रममा स्थान पायो । निर्माता विनोद पौडेलले यसबारेमा खुलेर बोले ।

निर्माता पौडेलका अनुसार प्रकाशसँग ‘वसन्त’भन्दा पछि ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन गर्ने सहमति भएको थियो । आफ्नो लेखन, निर्देशन र अभिनय रहेने फिल्म ‘वसन्त’ पहिला प्रदर्शन गर्ने सहमति भएरै प्रकाश ‘पूर्णबहादुरको सारङ्गी’मा अनुबन्ध भएको पौडेलले स्वीकार गरे ।

पौडेलले भने, ‘प्राविधिक कारणले पूर्णबहादुरको सारङ्गी पहिला प्रदर्शन गर्नुपर्ने भएपछि प्रकाशसँग छलफल भएको हो । उहाँ ठीकै छ भनेर हिड्नुभएको हो । उहाँहले प्रचार सामाग्री केही सेयर गर्नुभएको छैन । आज पनि आउनु भएन । कुरा यही हो ।’

१२ बजेको शोका लागि हल खाली गर्नुपर्ने चापमा कार्यक्रम सुरु भएको थियो । समय अभावले ट्रेलरबारे पत्रकार र निर्माण पक्षबीच करिब सात मिनेट प्रश्न–उत्तर भयो । जति भयो, प्रकाशकै मात्रै चर्चा भयो ।

पूर्णबहादुरको सारङ्गीको ट्रेलर यस्तो छ :

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ७ : २५ बजे

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का