बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण « Khabarhub

बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुईवटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रमाणीकरण गरेका हुन् । 

त्यस्तै उनले संविधानको धारा १०१ को उपधार ३ अनुसार ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । यस विधेयक प्रमाणीकरणका लागि प्रदेशसभाको अघिल्लो बैठकले सर्वसम्मतरुपमा पास गर्दै प्रदेश प्रमुख समक्ष पठाएको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएको विधेयक सभामा छलफल गरी संसोधनसहित पारित भइ पुनः प्रमाणीकरणको लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैगरी प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ७ : ३७ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै