आज राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

आज राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा बैठक बस्दै छ । विहीवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई सभामा पेश गेर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त एन्टी डम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ लाई दफावार छलफलका लागि विधान व्यवास्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक र वन विदेकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासविच मनोहरप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ५४ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै