अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ। ग्रान्ड पिएरे मैदानमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको हो। आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाएर आउट भएका छन्। अर्का ओपनर आशिफ शेखसमेत २७ रन बनाएर आउट भएका छन्। उनले उनले २७ बल खेल्दा २७ रन मात्र जोड्न सके। कुशल भुर्तेल भने १३ बल खेल्दै १० रन बनाएर आउट भएका छन्। नेपालले १०.१ ओभरमा तीन विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन्।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग-२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ।

एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन्।

लिग-२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ। नेपाल क्यानडाबाट अमेरिका पुगेको हो।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ३८ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार