आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने  « Khabarhub

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको कार्तिक १ गते बसेको सञ्चालन समितिको बैठकले ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव गरेको कम्पनी सचिव ध्रुव कुमार पौडेलले जानकारी दिएका छन् । 

पौडेलका अनुसार लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ । 

लघुवित्तले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी साधारणसभाले पास गरेपछि शेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको