पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ « Khabarhub

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर,  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’

उनले सत्तारुढ दलहरूको दिनगिन्ती सुरू भएको खुशियालीमा आफूले कानुनलाई सघाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।

‘ठिक छ, म तपाईँहरूको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्ने छन्, छिट्टै गर्ने छन् ।’

लामिछानेलाई पक्राउ गर्न चमतीस्थित रास्वपा पार्टी कार्यालयलाई यतिखेर प्रहरीले घेरा हालेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : ४८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल