रविलाई आइतबार अदालतमा उपस्थित गराइने « Khabarhub

रविलाई आइतबार अदालतमा उपस्थित गराइने


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई अहिले कास्की प्रहरीले पोखरा लगिरहेको छ । आज राति पोखरा पुर्‍याएर आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सभापति लामिछानेलाई शुक्रबार पक्राउ गर्दा हवाई मार्ग मार्फत कास्की लग्ने प्रहरीले तयारी गरेको थियो। तर सभापति रवि र रास्वपाका केही नेताहरूले हवाई मार्ग नभएर सडकमार्ग मार्फत नै जाने भनेपछि प्रहरी सहमत भएको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले खबर रहबसँग भने, ‘सुरुमा प्रहरीले हवाई मार्ग मार्फत कास्की जाउँ भनेको हो । तर हामीले सडक मार्ग मार्फतै जाने भनेपछि उहाँले मन्त्री र प्रधानमन्त्रीलाई फोन गरेर कन्भिन्स हुनुभयो। सभापति आफूले पनि म सडकमार्ग मार्फतै कास्की जान्छु भन्नु भएको थियो। सभापति प्रहरीकै गाडीमा कास्की जानुहुन्छ भनेपछि प्रहरीले नमान्ने कुरै भएन ।’

शुक्रबार रासपा पार्टी कार्यालय चमतिमा १० जना सिआइबीको टोली लामिछानेलाई पक्राउ गर्न कार्यालय छिरेको थियो। त्यसपछि प्रक्रिया पुर्‍याएर सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिँदैछ ।

याे पनि…

रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’

रवि लामिछानेको ‘ब्याड फ्राइडे’ – प्रचण्डको सन्देश, पक्राउ पुर्जी र प्रहरीको घेरा

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ३७ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच