महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त « Khabarhub

महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

यूएई – महिला टि-२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा गएराति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो। यसअघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।

दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो। पूरै २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो।

न्यूजिल्यान्डलाई जित दिलाउने क्रममा एडन कार्सनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिइन्। यसैगरी एमेली केयरले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन। कार्सन सो खेलको उमन अफ द म्याच समेत घोषित भइन्।

वेस्ट इन्डिजका लागि अलराउण्ड प्रदर्शन गरेकी डियट्रा डोटिनले २२ बलमा ३३ रन जोडिन्। एफी फ्लेटचर १७ रनमा अविजित रहिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो। टोलीका सुजी बेट्सले २६ तथा जर्ज प्लिमरले ३३ रनको योगदान गरे। इस्बेला गाजा १४ बलमा २० रन जोड्दै अविजित रहिन् भने ब्रुक हलीले ९ बलमा १८ रन जोडिन्। वेस्ट इन्डिजका लागि डोटिनले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिइन्।

भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो।

दक्षिण अफ्रिका र न्यूजिल्यान्डको फाइनल प्रतिस्पर्धा आइबार साँझ पौने ८ बजे यूएईको दुबईस्थित सारजहामा हुनेछ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ५ : ४८ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित