इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार  « Khabarhub

इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै लेबनानको हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । 

इजरायली मिडियामा हाइफाको सिजेरिया क्षेत्रमा शनिवार बिहान विस्फोटको आवाज सुनिएको खबरहरू प्रकाशन र प्रसारण गरिएका छन् । 

इजरायली सेना (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएको ड्रोन एक घरमा खसेको बताएको छ । उसले अहिलेसम्म विफोटबाट घाइते भएकाहरूका बारेमा कुनै सूचना नआएको पनि बताएको छ । 

यरुशलम पोस्टलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले सिजेरियामा ड्रोन आक्रमणको समयमा नै इजरायलको राजधानी तेल अविवमा पनि साइरनको आवाज सुनिएको जनाएका छन् । 

भारतीय सञ्चार माध्यम ‘नवभारत टाइम्स’ ले साउदी न्युज च्यानल ‘अल हदथ’ को हवाला दिँदै शनिवार बिहान प्रहार गरिएका ड्रोनमध्ये एकले सिजेरियामा रहेको प्रधानमन्त्री नेतन्याहुको निजी निवासलाई निशाना बनाएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १ : २५ बजे

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव