फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा « Khabarhub

फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ पुगेका छन् ।

फ्रान्सेली विदेश मन्त्री ब्यारोट किएभमा रहदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रबार बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि संकटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सययात्रा जनाउनु रहेको उल्लेख गरेका छन्।

उनले यस अघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन , जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले ‘न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने’ संकल्प शुक्रबार व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई ‘विजय योजना’ प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो ।

 राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ४ : २३ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै